`

टर्कीमा असफल ‘कु’को आशङ्कामा ६७ जनालाई पक्राउ

Nepal One HD ९ फागुन २०८० १९:४२
विश्व

टर्की प्रहरीले सन् २०१६ मा भएको ‘कु’ प्रयासको अभियोगमा त्यस सञ्जालसँग सम्बन्ध रहेको आरोपमा ६७ जना संदिग्ध व्यक्तिलाई पक्राउ गरेको छ ।आन्तरिक मामिला मन्त्री अली येर्लिकायाले बुधबार बताए अनुसार प्रहरीले अङ्कारा सहित टर्कीका विभिन्न १४ वटा प्रान्तहरूमा “क्लेम्प-७” को रूपमा चिनिने कारबाहीका क्रममा एकैसाथ छापा मारेर ती व्यक्तिहरूलाई नियन्त्रणमा लिइएको हो ।

मन्त्रीको सामाजिक सञ्चाल एक्समा पोस्ट गरिएको भिडियो फुटेजले प्रहरीले अपार्टमेन्ट भवनहरूबाट संदिग्धहरूलाई पक्रेर सवारी साधनमा राखेको देखाएको छ।संदिग्धहरू गुलेन आन्दोलनको सैन्य संरचनासँग सम्बन्धित छन् जसलाई टर्की सरकारले सन् २०१६ जुलाई १५ मा कम्तिमा २५० जनाको हत्या गर्ने प्रयास गरेको आरोप लगाएको थियो।
सन् २०२३ जुन १ देखि आन्दोलन विरुद्धको अभियानमा पक्राउ परेका संदिग्धको सङ्ख्या ६ हजार ४५ पुगेको मन्त्रीले बताउनु भएको छ ।

गुलेन आन्दोलन मुस्लिम धर्मोपदेशक फेथुल्लाह गुलेनको नेतृत्वमा नामकरण गरिएको हो । उनलाई अनुयायीहरूले आध्यात्मिक नेता मान्छन्।टर्की सरकारले सन् २०१६ मा भएको ‘कु’ प्रयासपछि आन्दोलनसँग जोडिएका संदिग्धहरूमाथि व्यापक कारबाही शुरु गरेको छ।


प्रतिक्रिया