क्यानद्वारा क्रिकेट खेलाडीको तलब बृद्धि

खेलकुद

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय क्रिकेट टोलीका सदस्यहरूको तलब बृद्धि गरेको छ । क्यानको कार्यसमिति बैठकले खेलाडीहरुलाई नयाँ वर्गीकरण गर्दै तलब बृद्धि गर्ने निर्णय गरेको हो ।
क्यानको यो निर्णयसँगै ‘ए’ ग्रेडमा परेका ६ खेलाडीहरूले अब मासिक एक लाख रुपैयाँ तलब पाउने छन् । ‘ए’ ग्रेडमा कप्तान रोहित पौडेलसँगै सोमपाल कामी, करण केसी, दिपेन्द्र सिंह ऐरी, आसिफ शेख र कुसल भुर्तेल परेका छन् ।यस्तै ग्रेड ‘बी’ मा पर्ने खेलाडीको तलब मासिक ७० हजार पुगेको ग्रेड ‘बी’ मा पनि ६ जना खेलाडी परेका छन्। कुशल मल्ल, गुलशन झा, भीम सार्की, ललित नारायण राजवंशी, आरिफ सेख र अविनास बोहरा ग्रेड ‘बी’मा परेका छन् ।यस्तै नेपाल ‘ए’ का कप्तान विनोद भण्डारीसहित चार खेलाडी ग्रेड ‘सी’ मा परेका छन्। उनीहरूको तलब मासिक ५५ हजार तोकिएको छ ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट