`

अध्यक्ष ओलीद्वारा भक्तराज आचार्यको निधनप्रति दुःख व्यक्त

Nepal One HD १४ फागुन २०८० २१:१३
राजनीति

काठमाडौँ, १४ फागुन : नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ गायक तथा सङ्गीतकार भक्तराज आचार्यको निधनप्रति दुःख व्यक्त गर्नुभएको छ । अध्यक्ष ओलीले ‘जहाँ छन् बुद्धका आँखा…’ बोलको गीतमा आचार्यको जादुमय स्वर भएको सामाजिक सञ्जालमा उल्लेख गर्नुभएको छ ।

“कालजयी भजन र गीतहरुमा तपाईं हामीमाझ अमर रहनुहुनेछ । तीन वर्षअगाडिको उहाँसँगको भेट सम्झिरहेको छु” अध्यक्ष ओलीले उहाँले गायक तथा सङ्गीतकार आचार्यलाई सम्झिदै भन्नुभयो । गायक तथा सङ्गीतकार आचार्यको आज अपराह्न ८२ वर्षको उमेरमा निधन भएको थियो ।


प्रतिक्रिया