पूर्वी इन्डोनेसियामा पहिरोमा परी ९ जना बेपत्ता

विश्व

पूर्वी इन्डोनेसियाको दक्षिणी सुलावेसी प्रान्तस्थित राजमार्गमा पहिरो जाँदा ५ जनाको ज्यान गएको छ भने ९ जना बेपात्ता भएका छन् । संयुक्त खोज र उद्धार टोलीले बुधबार यस घटनाबारे जानकारी दिएको छ ।
सोमबार बिहान प्रान्तको राजधानी मकासारबाट करिब ३४० किलोमिटर टाढा लुउ रिजेन्सीमा पहिरो गएको र उद्धारकर्ताहरूले त्यहाँबाट ४ वटा शव निकालेका थिए ।
पहिरोमा दश वटाभन्दा बढी मोटरसाइकल र दुईवटा कार पनि पुरिएका छन्। दक्षिण सुलावेसी खोज तथा उद्धार एजेन्सीका प्रमुख मेक्सियानस बेकाबेलले स्थानीय मिडियालाई बताएअनुसार खोजी कार्यमा ड्रोन र उत्खननकर्तासहित प्रहरी र सेनाका कर्मचारीहरू पनि संलग्न छन् । इन्डोनेसियामा वर्षाको मौसममा बाढी र पहिरो जस्ता प्रकोपहरू बढी हुने गर्दछ ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट