ताइवानलाई अमेरिकी हतियार बिक्रीको चीनद्वारा विरोध


– चिनियाँ सरकारका प्रवक्ताले बुधबार चीनको ताइवान क्षेत्रमा अमेरिकी हतियार बिक्री बारे कडा विरोध गर्नु भएको छ । राज्य परिषद्को ताइवान मामिला कार्यालयका प्रवक्ता झु फेङ्ग्लियनले अमेरिकी पक्षलाई ‘एक चीन सिद्धान्त’ र ‘तीन चीन-अमेरिका संयुक्त विज्ञप्ति’ नीतिको कडाइका साथ पालना गर्न आग्रह गर्नुभएको छ।
उहाँले अमेरिकालाई ताइवानलाई तुरुन्तै हतियार बिक्री रोक्न समेत आग्रह गर्नु भएको छ । ताइवानलाई करिब ७५ मिलियन अमेरिकी डलरको हतियार बेच्न अमेरिकी सरकारले हालै दिएको स्वीकृति बारेको प्रतिक्रिया सोध्दा उहाँले यस्तो टिप्पणी गर्नु भएको हो ।
प्रवक्ता झुले ताइवानमा डेमोक्रेटिक प्रोग्रेसिभ पार्टीका अधिकारीहरूलाई उनीहरूको “स्वतन्त्रता” एजेन्डाका लागि अमेरिकी समर्थन खोज्ने र बलद्वारा “स्वतन्त्रता” पछ्याउने प्रयासले ताइवानलाई खतरनाक रूपमा युद्धको नजिक लैजाने र ताइवानका जनतालाई खतरामा पार्ने चेतावनी दिनु भएको छ ।