`

नयाँ मन्त्रीको सपथका लागि प्रधानमन्त्रीसहित नेता शितल निवासमा

Nepal One HD २१ फागुन २०८० १७:४८
राजनीति

काठमाडौ । नवनियुक्त मन्त्रीहरुको सपथका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड लगायतका नेताहरु राष्ट्रपति कार्यालय शीतल निवास पुगेका छन् । उनीहरु केहीबेर अघि शीतल निवास पुगेका हुन् । राष्ट्रपति कार्यालयमा केहीबेरमा एमाले, माओवादी र रास्वपाका एक एक गरी ३ जना नयाँ मन्त्रीहरूले शपथ लिँदैछन् । प्रधानमन्त्री एवं माओवादी अध्यक्ष पुष्पकमल दाहालले कांग्रेससँगको गठबन्धन तोडेर एमाले, रास्वपा र जसपालाई समेटेर मन्त्रीमण्डल पुनर्गठन गरेका हुन् ।

आज सपथ लिनेमा माओवादीबाट हितबहादुर तामाङ, एमालेबाट संसदीय दलका प्रमुख सचेतक समेत रहेका पदम गिरी र रास्वपाका उपाध्यक्ष समेत रहेका डोलप्रसाद अर्याल छन् । दोस्रो चरणमा शीर्श तहका नेता सरकारमा सहभागी हुनेछन् ।


प्रतिक्रिया