हमासलाई इजरायलसँग ‘तत्काल युद्धविराम’ स्वीकार गर्न ब्लिन्केनको आग्रह


अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले मङ्गलबार हमासलाई इजरायलसँग “तत्काल युद्धविराम” स्वीकार गर्न आह्वान गर्नु भएको छ । हमास लडाकुहरूले कायरोमा कतारी र इजिप्टका मध्यस्थकर्ताहरूसँग भेट गरेको सन्दर्भमा अमेरिकी विदेशमन्त्रीको सो धारणा सार्वजिनक भएको हो ।
“हामीसँग तत्काल युद्धविरामको अवसर छ जसले बन्धकहरूलाई घर ल्याउन सक्छ, प्यालेस्टिनीहरूलाई मानवीय सहायताको मात्रामा व्यापक वृद्धि गर्न सक्छ,” उहाँले उल्लेख गर्नु भएको छ । वाशिङ्टनमा कतारका प्रधानमन्त्रीसँगको भेटमा अमेरिकी मन्त्रीले द्वन्द्वको स्थायी समाधानका निम्ति हमास लडाकुहरूले निश्चित शर्तसहित अगाडि बढ्नुपर्ने धारणा पनि सार्वजनिक गर्नु भएको छ ।
हमास यो युद्धविराम प्रक्रियामा संलग्न हुन तयार छ कि छैन भन्ने बारे निर्णय गर्ने कुरा हमासको हातमा रहेको अमेरिकी विदेशमन्त्री ब्लिन्केनले स्पष्ट पार्नु भएको छ ।