राष्ट्रपति पौडेलद्धारा धार्मिकस्थल लड्केश्वरमा आयोजित कोटीहोममा आज पूजा–अर्चना
राजनीति
काभ्रेपलाञ्चोक, २७ फागुन : राष्ट्रपति रामचन्द्र पौडेलले काभ्रेपलाञ्चोकको पनौती नगरपालिका वल्थलीस्थित धार्मिकस्थल लड्केश्वरमा आयोजित कोटीहोममा आज पूजा–अर्चना गर्नुभएको छ ।
दिउँसो उक्त तीर्थस्थल लड्केश्वर पुग्नुभएका पौडेलले कोटीहोमको फूलप्रसाद ग्रहण गरी आफ्ना सङ्क्षिप्त मन्तव्य व्यक्त गर्नुभएको छ । उहाँले यस पवित्र भूमिमा आयोजना गरिएको कोटीहोमबाट देश र जनताको कल्याण होस् भन्ने कामना गर्नुभयो । “यस्तो पुण्य र पवित्र कार्यक्रममा सहभागी हुन पाउँदा निकै खुसी लागेको छ, यसबाट समाज, देश र जनताको कल्याण हुने विश्वास व्यक्त गर्दछु”, उहाँले भन्नुभयो ।
ओमकार फाउन्डेसनले कोटीहोम आयोजना गरेको हो । विश्वकै अग्लो एक सय आठ फिटको त्रिशूल निर्माण भएको उक्त क्षेत्रमा यही फागुन २ गतेदेखि आउँदो चैत २ गतेसम्म कोटीहोम आयोजना गरिएको हो ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
