`

मधेस प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन, प्रदेश प्रमुखले लिइन् शपथ

Nepal One HD ५ चैत २०८० २०:०२
प्रमुख खबर

महेन्द्रनगर ९धनुषा०, ५ चैत : मधेस प्रदेश सरकारमा सोमबार मन्त्रिपरिषद् पुनर्गठन गर्नुभएको छ । मधेश प्रदेशमा नेपाल कम्युनिष्ट पार्टी ९एमाले० संसदीय दलका नेता सरोज यादव आज मन्त्री नियुक्त हुनुभएको छ । यादवलाई मुख्यमन्त्री सरोजकुमार यादवले भौतिक तथा पूर्वाधार मन्त्रीमा नियुक्त गरेसँगै आजै प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीबाट शपथ लिनुभएको छ ।

मुख्यमन्त्रीले मन्त्रिपरिषद् पुनर्गठन गरेर एमालेलाई सत्तामा प्रवेश गराएसँगै कांग्रेस सरकारबाट औपचारिकरुपमा बाहिरिएको छ । नयाँ समीकरण बनेपनि मधेस प्रदेश सरकारमा कांग्रेस सरकारमै थियो । कांग्रेसबाट प्रदेश सरकारमा रहेका कुनै पनि मन्त्रीले राजीनामा नदिएपछि मुख्यमन्त्री यादवले मन्त्रिपरिषद् पुनर्गठन गर्नुभएको हो । एमालेमा को मन्त्री बन्ने भन्नेबारे विवाद बढेपछि पहिलो चरणमा यादवलाई मात्रै मन्त्री बनाइएको एमाले मधेस प्रदेशले जनाएको छ ।

मुख्यमन्त्री यादवले केन्द्रीय सत्ता गठबन्धनमा भएको फेरबदल अनुसार नै प्रदेश सरकार पनि चल्ने भएकाले तत्काल एमाले संसदीय दलका नेता यादवलाई मन्त्रीका रुपमा सपथ ग्रहण गराएको र बाँकी मन्त्री भने सहमतिपछि नियुक्त गरिने मुख्यमन्त्री यादवले बताउनुभयो ।

एमालेले कति र कुन मन्त्रालय लिने विषयमा हालसम्म सहमति नभएको उल्लेख गर्नुहुँदै मुख्यमन्त्री यादवले एमालेसहितका दलको बैठक बसेर छिट्टै निष्कर्ष निकालिने बताउनुभयो । नवनियुक्त मन्त्री यादवले मुख्यमन्त्रीसँग एमालेलाई चार मन्त्री र एक राज्यमन्त्री दिने सहितको सहमति भइसकेको बताउनुभयो ।

कांग्रेसबाट संसदीय दलका नेता कृष्णप्रसाद यादव भौतिक पूर्वाधार विकास मन्त्री, गृह तथा सञ्चार मन्त्री मोहम्मद समिम र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री वीरेन्द्र सिंह सरकारमा सहभागी हुनुभएको थियो ।


प्रतिक्रिया