`

प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीचको भेटवार्तामा के भयो ?

Nepal One HD ९ चैत २०८० १९:०७
राजनीति

काठमाडौँ, ९ चैत ः प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीबीच छलफल भएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा आज उहाँहरूबीच मुलुकको समसामयिक राजनीतिक विषयमा छलफल भएको बताइएको छ । एमाले अध्यक्ष ओलीले प्रधानमन्त्री दाहालसँग समसामयिक विषयमा कुराकानी भएको सङ्क्षिप्त प्रतिक्रिया दिनुभयो ।


प्रतिक्रिया