`

मधेसमा एमालेबाट थपिए ३ मन्त्री

Nepal One HD १० चैत २०८० १६:३७
प्रमुख खबर

धनुषा । मधेष प्रदेशको मन्त्रिपरिषद् बिस्तार भएको छ । मधेशका मुख्यमन्त्री सरोजकुमार यादवले शनीबार नेकपा एमालेबाट थप तीन मन्त्री नियुक्त गर्दै मन्त्रिपरिषद बिस्तार गरेका हुन् । प्रदेशसभा सदस्यहरु सत्रुधन प्रसाद सिंह कोइरी, राजकुमार लेखी र स्वतन्त्र जितेर एमाले प्रवेश गरेका प्रमोद जयसवालले प्रदेश प्रमुख सुमित्रा भण्डारीसमक्ष मन्त्री पदको शपथ लिएका छन् ।
यसअघि मधेश सरकारमा नेकपा एमाले संसदीय दलका नेता सरोजकुमार यादवले भौतिक पूर्वाधार मन्त्रीका रुपमा शपथ लिइसकेका छन् ।

नेपाली कांग्रेस–माओवादी–जसपा गठबन्धन भत्किएरका नेकपा एमाले सहितको नयाँ गठबन्धन बनेपछि मुख्यमन्त्री यादवले कांग्रेसबाट मन्त्री बनेका ३ जनालाई बर्खास्त गरेका थिए । मधेश सरकारबाट जनमत पार्टीका २ जना मन्त्री बाहिरिएपछि ५ वटा मन्त्रालय मन्त्रीबिहीन थियो । जसमध्ये ४ वटा एमालेले पाएको छ भने एउटा माओवादी केन्द्रलाई दिने मुख्यमन्त्रीको तयारी छ ।


प्रतिक्रिया