दुर्गा प्रसाईको मेडिकल कलेजलाई सम्बन्धन दिन सर्वोच्चको आदेश

जीवनशैली/स्वास्थ्य

काठमाडौ । सर्वोच्च अदालतले झापाको बिर्तामोडमा रहेको बीएण्डसी मेडिकल कलेजलाई सम्बन्धन दिन आदेश जारी गरेको छ । न्यायाधीशद्धय डा. कुमार चुडाँल र सारङ्गा सुवेदीको इजलासले प्रक्रिया र्पुयाएको भए बीएण्डसी मेडिकल कलेजलाई सम्बन्धन दिन आदेश जारी गरेको हो ।
मेडिकल लगायतका व्यवसाय मार्फत राजनीतिक उच्च तहमा समेत संपर्क बढाएका प्रसाईले खोलेको उक्त मेडिकल कलेजको सम्बन्धनलाई लिएर लामो समयदेखि विवाद जारी थियो । सरकारले आशयपत्र प्रदान गरे अनुसार आफूले सबै पूर्वाधार तयार गर्दा पनि सम्बन्धन नपाएको भन्दै मेडिकल व्यवसायी दुर्गा प्रसाईले काठमाडौं विश्वविद्यालय, चिकित्सा शिक्षा आयोग लगायतका निकायलाई विपक्षी बनाई सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेका थिए । त्यही रिट निवेदनमा सुनुवाई गर्दै सर्वोच्च अदालतले रिट जारी गरेको हो ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट