‘सेमीकन्डक्टर उत्पादनमा भारतलाई शीर्ष स्थानमा पु-याइने’


विद्युतीय सर्किटमा प्रयोग हुने सामग्री सेमिकन्डकटर निर्माण मा भारत पाँच वर्षमा शीर्ष स्थानमा पुग्ने भारतीय केन्द्रीय मन्त्री अश्विनी वैष्णवले बताउनुभएको छ ।
‘टाइम्स नाउँ समिट–२०२४’ मा मन्तव्य राख्दै आफूले व्यक्तिगत रूपमा लगभग ४५ कम्पनीहरूका प्रमुखलाई भेटेको र नयाँ उद्योग स्थापना गर्न आवश्यक सबै विवरणबारे छलफल भएको बताउनुभयो ।”
अभियानअन्तर्गत करिब १.२५ लाख करोड भारतीय रूपैयाँमा निर्माण गरिएको ‘चिप प्लान्ट’ भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मार्च १३ मा शिलान्यास गर्नुभएको थियोे । उक्त प्लान्टमा टाटा समूहले करिब १.२५ लाख करोड रुपैयाँ लगानी गर्ने बताएको छ ।
टाटा समूहले गुजरात र असमका दुई प्लान्टहरूमा सेमिकन्डक्टर चिप्सको व्यावसायिक उत्पादन २०२६ मा सुरु हुने आशा राखेको छ । कोभिडको समयमा चिपको अभावले राष्ट्रिय सुरक्षाको कमीलाई पूर्ति गर्न र स्वदेशी आविष्कारलाई प्राथमिकता दिन भारतले प्रयासलाई व्यापक बनाएको छ ।
फोन, मेडिकल उपकरण, कार र विद्युतीय उपकरणहरूको लागि सेमीकन्डक्टर अत्ति महत्त्वपूर्ण रहेको र यसको निर्माण आवश्यक रहेको मन्त्री वैष्णवले बताउनुभयो । यो वर्षको अन्त्यसम्ममा भारतले पहिलो स्वदेशी चिपको उत्पादन सञ्चालन गर्ने उहाँको भनाइ थियो ।
कुल उत्पादन क्षमताको करिब ७० प्रतिशत सेमीकन्डक्टर उत्पादक दक्षिण कोरिया, ताइवान, चीन, अमेरिका र जापानमा रहेका छन् ।
करिब १० वर्ष पहिले कठिन रहेको आइफोन उत्पादनलाई अहिले भारतमा सामान्य भइसकेको र यसको बजार करिब ११० अर्ब अमेरिकी डलर बराबर रहेको मन्त्री वैष्णवले जानकारी दिनुभयो ।
एप्पलले आफ्नो नयाँ आईफोन उत्पादनको सुरुवात भारतमा गरिरहेको र यसको लागि एप्पलले काम गर्न करिब एक लाखभन्दा बढी व्यक्तिहरूलाई प्रत्यक्ष वा अप्रत्यक्ष रोजगारीमा राखेको उहाँले बताउनुभयो ।