`

चट्याङ लागेर दैलेखमा बालिकाको मृत्यु

Nepal One HD १७ चैत २०८० २१:५२
समाचार

दैलेख । दैलेखको भैरवी गाउँपालिका–७ पानिपोखरीमा शनिबार दिउँसो चट्याङ लागेर १२ वर्षीया शर्मिला कँडेलको मृत्यु भएको छ ।

चट्याङ लागेर गम्भीर घाइते उनलाई उपचारका लागि सुर्खेत लैजाँदै गर्दा उनको बाटोमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दैलेखका निमित्त प्रहरी प्रमुख दीपक मगराठीले जानकारी दिए । चट्याङ लागेर एउटा खसीसमेत मरेको जनाइएको छ । दैलेखमा दिउँसो ५ बजेतिर हावाहुरीसहित पानी परेको थियो ।


प्रतिक्रिया