`

कर्णालीका मुख्यमन्त्री शर्माले मंगलबार विश्वासको मत लिने

Nepal One HD १८ चैत २०८० १४:३५
प्रमुख खबर

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले मंगलबार विश्वासको मत लिने भएका छन् । तत्कालिन कांग्रेस सम्मिलित गठबन्धन भत्किएर फागुन २१ गते एमाले–माओवादी र अन्य दल सम्मिलित नयाँ समिकरण बनेपछि कांग्रेसले कर्णाली प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो ।

सरकारमा सहभागी दलले समर्थन फिर्ता लिएको ३० दिनभित्रमा प्रदेशसभाबाट विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था भएकोले मुख्यमन्त्री शर्माले चैत २० गते मंगलबार विश्वासको मत लिन लागेका हुन् ।

विश्वासको मत लिनेबारेमा मुख्यमन्त्री शर्माले प्रदेशसभा सचिवालयलाई जानकारी गराइसकेका छन् । केन्द्रमा नयाँ समिकरण बनेपछि कांग्रेसबाट सरकारमा सहभागी अर्थमन्त्री वेदराज सिंह, सामाजिक विकासमन्त्री खड्गबहादुर पोखरेल तथा उद्योग पर्यटन वन तथा वातावरणमन्त्री कृष्णकुमार विसिले फागुन २२ गते राजीनामा बुझाएका थिए ।


प्रतिक्रिया