`

ग्रीसले लोकप्रिय ‘गोल्डेन भिसा’को मूल्य बढायो

Nepal One HD १९ चैत २०८० ७:३५
विश्व

ग्रीसले आवास सङ्कट कम गर्न आवश्यक आफ्नो गोल्डेन भिसा नियममा कडाइ गर्दै लगानी आठ लाख युरो पुर्याएको छ ।सन् २०१४ मा सुरु भएको यो सफल कार्यक्रमले विदेशीहरूलाई दुई लाख ५० हजार युरोको सम्पत्ति लगानीको बदलामा पाँच वर्षको नवीकरणीय आवासीय अनुमति प्रदान गरेको थियो ।

अर्थ मन्त्रालयले आइतबार घोषणा गरेको नियमसँगै अनुसार एटिकाजस्तै एथेन्स, थेसालोनिकी, माइकोनोस, सान्टोरिनी र तीन हजार १०० भन्दा बढी जनसङ्ख्या भएका टापुहरू वरपरका आकर्षक क्षेत्रहरूमा गोल्डेन भिसाको उच्चतम सीमा आठ लाख युरो पुग्नेछ ।

अन्य क्षेत्रहरूमा यसको उच्चतम सीमा चार लाख यूरोभन्दा माथि हुनेछ ।“यी उपायहरू सरकारको समग्र आवास नीतिको एक भाग हो, जसको उद्देश्य निजी क्षेत्रसँगको सहकार्यमा, सबै नागरिकहरूको लागि किफायती र गुणस्तरीय आवास सुनिश्चित गर्नु हो,” अर्थमन्त्री कोस्टिस हाटजीडाकिसले भन्नुभयो ।

बैंक अफ ग्रीसको तथ्याङ्कअनुसार सन् २०१८ मा करिब एक दशक लामो सङ्कटबाट औपचारिक रुपमा बाहिर निस्केपछि घरभाडामा २० प्रतिशतले वृद्धि भएको छ ।लगानीकर्ताहरूले ऐतिहासिक घरजग्गा र औद्योगिक भवनहरूलाई आवासमा रूपान्तरण यसपहिले २ लाख ५० हजार युरोमा कम्तिमा १२० वर्ग मिटरको जमिन खरीद गर्नुपर्थ्यो ।

आप्रवासन मन्त्रालयको गत वर्षको तथ्याङ्कअनुसार प्रारम्भिक भिसासम्बन्धी अधिग्रहण वा नवीकरणका लागि १० हजार २१४ आवेदन परेका छन् ।सन् २०२३ मा पाँच हजार ७०१ गोल्डेन भिसा अनुमति दिइएको थियो भने आठ हजार ८०० आवेदन बाँकी छन् ।यो वर्ष कम्तीमा एक अर्ब युरो लगानी भएको छ ।

यद्यपि, सार्वजनिक कम्पनी तथा उद्यमशिलता सङ्गठनले सरकारले घरको मूल्य घटाउने र दीर्घकालीन भाडाका लागि घरको उपलब्धता बढाउने आफ्नो लक्ष्य हासिल गर्नेमा ‘अत्यधिक शङ्का’ रहेको जनाएकोे छ ।ग्रीसमा सन् २००८ मा सुरु भएको आर्थिक सङ्कटको समयमा सम्पत्ति बजार र निर्माण उद्योगले गम्भीर मन्दीको सामना गर्नुपरेको थियो । सङ्गठनका अनुसार अहिलेसम्म करिब २० हजार स्थायी आवासीय अनुमति पत्र रियल इस्टेट लगानीकर्तालाई दिइएको छ ।


प्रतिक्रिया