महालेखा परीक्षकमा सिफारिस तोयम रायाविरुद्ध १० दिनभित्र उजुरी दिन आह्वान
राजनीति
काठमाडौं । महालेखा परीक्षकमा सिफारिस भएका तोयम रायाको संसदीय सुनुवाइ प्रक्रिया सुरू भएको छ । सोमबार बसेको संसदीय सुनुवाइ समितिकको बैठकले रायाविरुद्ध उजुरी दिन १० दिनको समय दिएको संघीय संसदका महासचिव पद्मप्रसाद पाण्डेले जानकारी दिएका छन् ।
आइतबार संवैधानिक परिषद्ले राष्ट्रिय तथ्यांक कार्यालयका सचिव रायाको नाम महालेखा परीक्षकको लागि सिफारिस गरेको थियो । संसदीय सुनुवाइपछि राष्ट्रपतिले महालेखा परीक्षक नियुक्त गर्ने संवैधानिक प्रावधान छ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
