`

नागरिक उन्मुक्ति विवाद : संरक्षक चौधरीले दिए केन्द्रीय सदस्यलाई ज्यान मार्ने धम्की

Nepal One HD १९ चैत २०८० १५:३६
प्रमुख खबर

काठमाडौ । नागरिक उन्मुक्ति पार्टीका केहि केन्द्रीय सदस्यहरुले संरक्षक रेशम चौधरीले आफुहरुलाई ज्यान मार्ने धम्की दिएको आरोप लगाएका छन् । काठमाडौंमा पत्रकार सम्मेलन गरी उनीहरुले सोमबार काठमाडौंमा पार्टीको संस्थापक केन्द्रीय सदस्यहरुको बैठक सुरु हुनुअघि आफुहरुमाथि कुटपीट भएको र चौधरीले हत्या गर्ने धम्की दिएको बताएका हुन् ।

पार्टीका केन्द्रीय सदस्य रमेश विश्वकर्माले पार्टीका संरक्षक रेशम चौधरीले बालुवाटारमा प्रधानमन्त्री भेट्न जान्छु भन्दा पार्टी कार्यालयमा भौतिक आक्रमण भएको बताए । पार्टी कार्यालयभित्रै आफुमाथि कुटपीट हुनु र ज्यान मार्ने समेत धम्की आउनुले असुरक्षा बढेको उनको भनाइ छ ।

विश्वकर्माले २५ हजार रुपैया लिएर केन्द्रीय सदस्य बाँडेको र निर्वाचन आयोगमा अध्यावधिक समेत हुन नसकेको कुरा उठाउदा पार्टी कार्यालयको सवै ढोका बन्द गरेर आफुमाथि आक्रमण भएको जिकिर गरे । सुदूरपश्चिम सरकार ढल्यो भने हत्या हुनसक्ने चेतावनी आएको अवस्थामा पार्टीका कुनै पनि नेताहरुको केहि घटनामा मृत्यु भए सबै दोष पार्टीका संरक्षक रेशम चौधरीको हुने उनले बताए ।

उनले आफुहरुमाथि सुरक्षालाई ध्यान दिनका लागि प्रधानमन्त्री र गृहमन्त्रीलाई पनि अनुरोध गरे । आफुहरुमाथि आक्रमण हुँदा पार्टी कार्यालयमा अध्यक्ष रञ्जीता चौधरी नरहेको र घटना भएको करिव आधा घण्टामा आएकी अध्यक्षलाई सवै जानकारी गराएको विश्वकर्माले बताए ।


प्रतिक्रिया