`

बागमतीमा मन्त्रिपरिषद् विस्तार, एकीकृत समाजवादीकी रमा आलेले लिइन् विनाविभागीय मन्त्रीको शपथ

Nepal One HD २० चैत २०८० ९:५८
राजनीति

बागमती । बागमती प्रदेशकी नवनियुक्त मन्त्री रमा आले मगरले पद तथा गोपनीयताको शपथ लिएकी छन् । मगरले मंगलबार विना विभागीय मन्त्रीको शपथ लिएकी हुन् । उ

नलाई बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्माले पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन् । नेकपा एकीकृत समाजवादीको तर्फबाट प्रदेश सभा सदस्य बनेकी मगरलाई मुख्यमन्त्री शालिकराम जम्कट्टेलले सोमबार विश्वासको मत प्राप्त गरेपछि विना विभागी मन्त्रीमा नियुक्त गरेका थिए ।


प्रतिक्रिया