गृहमन्त्रीमाथि उठाएको विषयलाई कमजोर नठान्न कांग्रेसको चेतावनी
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सहकारी ठगी प्रकरणमा सहयोग गर्न उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई आग्रह गरेको छ ।
मंगलबारको प्रतिनधिसभाको बैठकमा कांग्रेस सांसद रामकृष्ण यादवले सहकारी प्रकरणमा मुछिएका गृहमन्त्री लामिछानेले आफूमाथि छानबिन गर्न सहयोग गर्नुपर्ने बताएका हुन् ।
उनले जिम्मेवार पार्टी कांग्रेसले गृहमन्त्रीमाथि सदनमा उठाइएको विषयलाई कमजोर नठान्न चेतावनी समेत दिए। उनले भने,’हामीले जिम्मेवार ढंगले सदनमा कुरा उठाएका हौं । कांग्रेसको संसदीय अनुशासन र गरिमालाई कमजोरको रुपमा नठानियोस् ।’

उनले रास्वपाका अन्य नेताहरू पनि सहकारी ठगी प्रकरणमा जोडिएको कुरा बाहिर आएको भन्दै सबैको छानबिन गर्नुपर्ने बताए । उनले श्रममन्त्री डीपी अर्याल र सहमहामन्त्री कविन्द्र बुर्लाकोटी पनि सहकारी ठगी प्रकरणमा मुछिएको भन्दै उनीहरूमाथि पनि छानबिन हुनुपर्ने माग गरे ।
उनले भने, ‘कृषि सहकारीको अपलचनको कुरा आएको छ । त्यसमा श्रममन्त्री जोडिएका छन्। उनीमात्र होइन रास्वपाकै सहमहामन्त्री कविन्द्र बुर्लाकोटीसमेत सहकारी संचालक थिए। सो सहकारीमा पनि जिबी राईलाई भित्रएइएको छ। त्यो काम श्रम मन्त्रीको हो भनिएको छ । यो घटनाले थप पुष्टि गरेको छ कि सहकारी ठगी सन्जाल कहाँसम्म फैलिएको छ भनेर। त्यसकाण अब झन् अति आवश्याक छ, समिति बनाउन।’
यादवले आफूहरूले संसद र सडकमा उठाइएका विषयमा सरकारले सुन्दै नसुनेको आरोप लगाए।