`

आज ६७ औँ राष्ट्रिय सहकारी दिवस, विभिन्न कार्यक्रमका साथ मनाइँदै

Nepal One HD २० चैत २०८० १५:२८
समाचार

ललितपुर / ६७ औँ राष्ट्रिय सहकारी दिवस, देशभर विभिन्न कार्यक्रम गरी मनाइएको छ । सहकारीमा सुशासन, प्रविधि र एकिकरण’ नाराका साथ यसवर्ष सहकारी दिवस मनाइएको हो ।

दिवसका अवसरमा ललितपुर महानगरले ललितपुरमा सहकारीमा देखिएका समस्या र समाधानका लागि सरोकारवालाहरुको भूमिका बिषयक अन्तक्र्रिया कार्यक्रमको आयोजना गरेको थियो । कार्यक्रममा महानगरकी उपप्रमुख मञ्जली शाक्य बज्राचार्यले बचतकर्तालाई बिभिन्न प्रलोभन देखाएर सहकारी चलाएको र अहिले सहकारी सञ्चालकहरुले बदमासी गरेको बताइन् । उनले सहकारीलाई जिम्मेवार बनाउनका लागि सरोकारवाला सवैले आवश्यक भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिइन् ।

नेपालमा २०१३ साल चैत २० गते चितवनको बखानपुर ऋण सहकारी संस्थाको स्थापना भइ सहकारी आन्दोलनको शुरुवात भएको दिनलाई स्मरण गर्दै हरेक वर्ष चैत २० गते राष्ट्रिय सहकारी दिवस मनाउने गरिएको हो । देशभर अहिले झण्डै ३० हजारको सङ्ख्यामा सहकारी रहेको तथ्याङ्क छ ।


प्रतिक्रिया