`

राष्ट्रिय सभा उपाध्यक्षको निर्वाचन चैत २८ गते

Nepal One HD २१ चैत २०८० १५:१३
प्रमुख खबर

काठमाडौ । राष्ट्रिय सभा उपाध्यक्षको निर्वाचन चैत २८ गते हुने भएको छ । राष्ट्रिय सभाको बुधबार बसेको बैठकमा अध्यक्ष नारायणप्रसाद दाहालले निर्वाचनको मिति घोषणा गरेका हुन् ।

राष्ट्रिय सभाकी उपाध्यक्ष उर्मिला अर्यालले चैत १५ गते दलबाट राजीनामा दिएक थिइन् । उनले ‘नेपालको संविधान २०७२ को धारा ९२ को उपधारा ९६०को खण्ड (ख) तथा राष्ट्रिय सभा नियमावली, २०७५ को नियम १८५ को उपनियम ९१० बमोजिम संघीय संसद् राष्ट्रिय सभा उपाध्यक्षको पदबाट राजीनामा दिएको बताएक थिइन् । माओवादी केन्द्रकी सांसद अर्याल २०७९ माघ २३ गते राष्ट्रिय सभाको उपाध्यक्षमा निर्विरोध निर्वाचित भएकी थिइन् ।


प्रतिक्रिया