अल्स्टमले बेलायतमा सयौँको सङ्ख्यामा रोजगारी कटौती गर्ने


फ्रान्सेली रेल निर्माता कम्पनी अल्स्टमले बेलायतको सबैभन्दा ठूलो रेल कारखानाका सयौं कर्मचारीलाई हटाउने तयारी गरेको छ ।डेली टेलिग्राफ पत्रिकाले अल्स्टमको डर्बीस्थित ‘सेन्ट्रल इङ्ल्यान्ड प्लान्ट’मा उपनगरीय रेल स्टकका लागि नयाँ सम्झौताका लागि रोकिएको सरकारी वार्ताको प्रभावका कारण रोजगारी कटौती हुने जनाएको छ ।
‘द टेलिग्राफ’ ले स्रोतलाई उद्धृत नगरिकन लेखेको समाचारमा बेलायतको लामो योजनापछि आउने अपेक्षा गरिएको नयाँ उच्च गतिको रेलवे एचएस–२ मा थप सम्भावित ढिलाइको बारेमा चिन्ता पनि बढ्दै गएको उल्लेख छ ।
अल्स्टमका प्रवक्ताले एएफपीलाई डर्बी साइटको भविष्यको बारेमा कुनै निर्णय नलिइएको तर बेलायती सरकारसँग वार्ता ‘अझै जारी’ रहेको बताउनुभयो ।बेलायती प्रधानमन्त्री ऋषि सुनकले गत वर्ष विवादास्पद रूपमा एचएस–२ को उत्तरी इङ्ल्यान्डको एक महत्वपूर्ण रेल सेवालाई हटाएपछि यो रिपोर्ट आएको हो ।
अल्स्टमले आफूलाई बेलायत र आयरल्याण्डमा नयाँ रेलहरूको अग्रणी निर्माता र रेलवे पूर्वाधारको शीर्ष आपूर्तिकर्ताको रूपमा वर्णन गर्दछ ।यसले बेलायत र आयरल्याण्डमा मुख्यगरी डर्बी क्षेत्रसहितका ३७ स्थानहरूमा छ हजार मानिसहरूलाइ रोजगार दिएको छ ।