आफैंले ललितपुरबाट गैर आवासीय नेपाली नागरिकता लिंदा र सिडियोसापसँगको कुरा


अमेरिका करिब २ दशक समयको लडाइ पछि म आफूले पनि आफ्नै साविक थलो ललितपुर जिल्लाबाट नेपाली वंसज नागरिकताको प्रमाण पत्र दिएर गैर आवासीय नेपाली नागरिकताको प्रमाण पत्र साटे।
हुन त नेपालको प्रचलित संबिधानमा संबिधान घोषणा हुँदाको बखत भन्दा पहिला नै वंसजको नागरिकता लिएका सबै नेपालीहरु साविककै वंसजका नागरिक हुने कुरा उल्लेख छ। संबिधानको यो व्यवस्थाले म र म जस्तै वंसजका नागरिकले गैर आवासीय नेपाली नागरिकताको प्रमाण पत्र साट्न जरुरी नहुनुपर्ने हो। साथै त्यससँग अन्य ऐन बाझेकाले त्यस्ता ऐन स्वतह निस्कृय हुनुपर्ने हो तर त्यसो भएको छैन। म र म जस्ताले गैर आवासीय नेपाली नागरिकताको प्रमाण पत्र साटेर लिनुपर्ने भएको छ।
नेपालको संबिधान, ऐन र कानुन अनुसार नगरिकका ३ दर्जन भन्दा धेरै अधिकार छन्। त्यसमध्ये गैर आवासीय नेपाली नागरिकताको प्रमाण पत्र लिनेले तिनै ३ दर्जन भन्दा धेरै अधिकार मध्ये ३ वटा मात्र निर्वाचनमा भाग लिने, मतदान गर्ने र बैतनिक कर्मचारी हुने बाहेक सबै अधिकार पाउने कुरा संबिधान र ऐनले ब्यबस्था गरेको छ। तर संयुक्त राष्ट्र संघसंग गरेका संझौता अनुसारका मेडिकल, कानुन र प्राध्यापन लगातका केहि पेशाका कुरामा भने सो कानुन लागु नहुन सक्छ। तर त्यसको भएको छैन। यो नागरिकता कतै पनि चल्दैन। यसलाई चालु गर्न करिब ३२ भन्दा धेरै प्रचलित ऐनहरु संसोधन गर्नुपर्ने कुरा कानुविदहरु बताउँछन्।
नागरिकता किन काम लाग्दैन?
गैर आवासीय नेपाली नागरिकताले ३ वटा बाहेक अरु सबैतिर काम गर्नुपर्नेमा फ्लाइट टिकेटमा पनि काम लाग्दैन किन? संबिधान, ऐन र कानुनको बिरुद्धमा भएन र ?
हालसम्म प्रत्यक्ष रुपमा सरोकार रहेका क्षेत्र/बिभाग तथा मन्त्रालय
भूमिसुधार
पर्यटन, नागरिक उड्यन
अर्थ
स्थानीय प्रशासन
परराष्ट्र
गृह
स्वास्थ्य तथा जनसंख्या
शिक्षा
उद्योग
वाणिज्य
कम्पनि रजिस्ट्रार
कानुन
न्यायालय
संघ-संस्था दर्ता
लगानी तथा संपति सुरक्षा
अब कुरा गरौँ नागरिकता साट्दाका कुरा
मार्च १२ देखि नागरिकता लिन प्रक्रिया सुरु गरेको मलाइ गैर आवासीय नेपाली नागरिकता लिन ६ दिन लाग्यो। त्यो पनि बिहान देखि सांझ सम्म। के यो सेवा सहज थियो ? यदि पुर्खा बसाइ सरेका रहेछन र बसाइ-सराइ दर्ता गरेको रहेनछ भने अर्को झन्झट मात्र होइन करिब-करिब असंभव नै हुन्छ।
गैर आवासीय नेपाली नागरिकताको लागि जानकारी, सूचना र गाइडलाइन गृहमन्त्रालय, जिल्ला प्रशाशन साइट कतै पनि छैन, पाइंदैन।
गैर आवासीय नेपाली नागरिकताको लागि भर्ने अनुसूची ८ र ९ का फर्महरु जिल्लामा उपलब्ध छैनन। गृहसाइटमा अनुसूची ८ का फर्म छन् तर ९ को छैन।
अनुसूची ९ त कतै पनि पाइंदैन, फोटोकपी सेन्टरमा किन्नुपर्छ।
कतिपय कुरा जस्तोकी पंजीकृत दर्ता/रेकर्डका फर्महरु नेपाली कागजमा हुनुपर्ने रे त्यो कुरा कतै पनि उल्लेख छैन। कागज बनाएर ल्याएपछि लौ हुँदैन भनेर फिर्ता जाँदा कति दु:ख होला ?
वडा कार्यालयबाट नागरिकताको लागि मात्र सिफारिस लिनुपर्नेमा ललितपुरले परित्यागको पत्र पनि मागेको छ। त्यो कुरा प्रमुख जिल्ला अधिकारीले गर्ने भनेर ऐन-कानुने तोकिएकोमा यसो किन गरेको होला ?
सक्कल, दुरुस्त र प्रष्ट रुपमा वंसजको नागरिकता र पासपोर्टका सक्कल प्रति लिएर आउँदा, प्रहरी रिपोर्ट किन चाहिने ? नागरिकता लिंदा प्रहरी रिपोर्ट किन? के अपराधीले नागरिकता नपाउने हो ? मन्त्री र सांसद हुनेले प्रहरी रिपोर्ट लिनु नपर्ने नागरिकता लिंदा किन रिपोर्ट लिनुपर्ने ? अपराधीले मन्त्री हुन पाउने तर संबैधानिक अधिकारको नागरिकको प्रमाण लिन नपाउने हो ?
सक्कल नागरिकता र पासपोर्टको सक्कल प्रति लिएर जाँदा अनावश्यक रुपमा सनाखतको नाममा दोश्रो व्यक्ति किन चाहिने ? यदि दोश्रो पुस्ता भएमा त्यो कुरा आवश्यक हुनसक्ला तर सक्कल लिएर जानेलाई किन आवश्यक पर्ने हो?
म जस्तो पहिलो पुस्ताले त सारै दु:ख पाउने यो बिधि दोश्रो-तेश्रो पुस्ताका गैर आवासीय नेपालीको लागि भने करिब-करिब असंभव जस्तै छ।
गैर आवासीय नेपाली नागरिकतामा साविकको गाउँ बिकास समिति लेखिएको छ। तर त्यो वंसजको नागरिकता लिंदाको बखत पंचायत भएकाले गाउँ/नगर पंचायत हुनुपर्ने थियो। किन बिकास समिति भनिएको होला ?
कर्मचारी मध्ये ४ जना (दर्ता र फाँट) ले काम गर्दा रहेछन बाँकी ४ जनाले कागजमा सहि मात्र गर्दा रहेछन। काम गर्नेको संख्या भन्दा सहि गर्नेको संख्या धेरै किन भएको होला भन्ने प्रश्न?
आश्वासन र प्रगति
म आफूले नागरिकता लिएपछि स्वयं सिडियो सापले अमेरिकामा के काम गर्ने भनेर सोध्नुभयो। मैले आफ्नाबारे बताताएं। गैर आवासीय नेपाली नागरिकता संबन्धि अभियानमा म आफू र अरुले गरेका योगदानकाबारे पनि बताए। अनि उहाँले केहि सुझाव लिन मान्नुभयो। मैले फर्म र गाइडलाइन नहुँदा दुख पाएकोले त्यो ब्यबस्था गरिदिनको लागि अनुरोध गरे। उहाँले हुन्छ भन्नुभयो तर आजको दिनसम्म पनि त्यो पुरा भएको रहेनछ।