`

नेपाली कांग्रेसको पदाधिकारीको बैठक बस्दै, संसदबारे छलफल हुने

Nepal One HD २६ चैत २०८० ७:५०
राजनीति

काठमाडौं -प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको पदाधिकारीको बैठक आज बस्दैछ । कांग्रेसले संसदमा खेल्ने भूमिकाबारे छलफल गर्नका लागि पार्टी सभापति शेरबहादुर देउवाले आज बिहानको लागि बैठक बोलाएका हुन् ।

बैठक बुढानीलकण्ठस्थित सभापति देउवा निवासमा बिहान ८ बजे बस्नेछ । बैठकमा पार्टीका पूर्व र वर्तमान पदाधिकारीहरू सहभागी रहनेछन् ।

नयाँ सत्ता गठबन्धनको तर्फबाट गृहमन्त्री रवि लामिछाने माथि छानबिनको माग गर्दै कांग्रेसले संसद् अवरोध गर्दै आइरहेको छ ।गृहमन्त्री लामिछाने माथि ‘सहकारीको रकम अपचलन’ बारे छानबिन गर्नुपर्ने माग राख्दै कांग्रेसले संसद् अवरोध गर्दै आइरहेको छ ।


प्रतिक्रिया