`

सदनको अवरोध खुलाउने विषयमा सत्ता गठबन्धन र नेपाली कांग्रेसबीच वालुवाटारमा छलफल

Nepal One HD २७ चैत २०८० १२:०४
प्रमुख खबर

काठमाडौ । सदन अवरोध खुलाउने विषयमा प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल, सभामुख देवराज घिमिरे, एमाले अध्यक्ष केपी शर्मा ओली, कांग्रेस नेता कृष्णप्रसाद सिटौला, महामन्त्री गगन थापा सहितको बैठक सुरु भएको छ ।
सभामुखले आफ्नै दिदीको निधनका कारण झापा जाने कार्यक्रम रद्द गरेर सदन खुलाउन पहल लिएका हुन ।

नेपाली कांग्रेसले सहकारी ठगी प्रकरणमा मुछिएका उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछाको संसदीय छानविन समितिको माग राखेको छ । यता, सत्ता गठबन्धनमा आवद्ध दलले भने कांग्रेसको प्रस्ताव अस्वीकार गर्दै आइरहेका छन् । कांग्रेसले संसद सुचारु गर्नका लागि संसदीय छानविन समिति गठनलाई बटमलाईन बनाएपछि सहमति जुटाउने प्रयास थालिएको हो ।


प्रतिक्रिया