`

राप्रपाको प्रदर्शनमा प्रहरीको लाठीचार्ज

Nepal One HD २७ चैत २०८० १४:३६
प्रमुख खबर

काठमाडौ । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाको प्रदर्शनमा झडप भएको छ । झडपका क्रममा प्रहरीले लाठी चार्ज तथा पानीको होफोरा हानेको छ । काठमाडौको भृकुटीमण्डपबाट सुरु भएको जुलुस निषेधित क्षेत्रतर्फ अगाडि बढ्न खोजेपछि प्रहरीले रोक्दा तनाव भएको हो । प्रदर्शनकारीले सुरक्षाकर्मीमाथि ढुंगा प्रहार गरेका थिए ।

स्थिति नियन्त्रणमा लिन प्रहरीले लाठी चार्ज तथा पानीको फोहोरा प्रयोग गरेको हो । राप्रपाले गणतन्त्र खारेज गर्नुपर्ने, राजासहितको शासन व्यवस्था हुनुपर्ने, धर्मनिरपेक्षता खारेज गरी नेपाललाई हिन्दू राष्ट्र घोषणा गर्नुपर्ने लगायतका ४० बुँदे माग राखेर प्रदर्शन गर्दै आइरहेको छ । राप्रपाले आज भने काठमाडौ केन्द्रित विरोध प्रदर्शन गरेको हो । प्रदर्शनको नेतृत्व पार्टी अध्यक्ष राजेन्द्र लिङ्देन आफैंले गरेका छन् ।


प्रतिक्रिया