`

कर्णालीको मुख्यमन्त्रीमा एमालेका कंडेलको दावी पेश

Nepal One HD २७ चैत २०८० १७:५३
प्रमुख खबर

सुर्खेत । कर्णाली प्रदेशमा नेकपा एमाले संसदीय दलका नेता यामलाल काँडेलले मुख्यमन्त्रीमा दाबी पेश गरेका छन् ।
कँडेलले केन्द्रीय सत्ता गठबनधनमा रहेका दल एमाले–माओवादी र नेकपा एकीकृत समाजवादी सहित २३ सांसदको हस्ताक्षरसहित प्रदेश प्रमुख तिलक परियार समक्ष मुख्यमन्त्रीमा दाबी पेस गरेका हुन् ।

कुल ४० सदस्यीय प्रदेशसभामा बहुमतका लागि २१ सांसद आवश्यक पर्छ । कर्णाली प्रदेशसभामा सत्ता गठबनधनसंग नेकपा एमालेका ९, माओवादी केन्द्रका १३ र एकीकृत समाजवादीका एक सहित २३ प्रदेश सभा सदस्य छन् ।


प्रतिक्रिया