कर्णाली प्रदेशको मुख्यमन्त्रीमा एमालेका यामलाल कँडेल नियुक्त
राजनीति
कर्णाली । कर्णाली प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमालेका संसदीय दलका नेता यामलाल कँडेल नियुक्त भएका छन् । प्रदेश प्रमुख तिलक परियारले मंगलबार कँडेललाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।
त्यसअघि कँडेलले एमाले, माओवादी र नेकपा एकीकृत समाजवादीका गरी कुल २३ सांसदको हस्ताक्षरसहित प्रदेश प्रमुख परियारसमक्षक मुख्यमन्त्रीका लागि दाबी प्रस्तुत गरेका थिए । कँडेलको पक्षमा एमालेका ९, माओवादीका १३ र नेकपा एकीकृत समाजवादीका १ जना सांसदले समर्थन जनाएका छन् ।
गत बुधबार मुख्यमन्त्री राजकुमार शर्माले पदबाट राजीनामा दिएपछि प्रदेश प्रमुख तिलक परियारले ७ दिनको समय दिएर नयाँ सरकार गठन गर्न आह्वान गरेका थिए ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
