`

दक्षिण अफ्रिकाका पूर्वराष्ट्रपति जुमाले निर्वाचनमा भाग लिन पाउने

Nepal One HD २८ चैत २०८० ८:२५
विश्व

दक्षिण अफ्रिकाको एक अदालतले पूर्व राष्ट्रपति याकोब जुमालाई मे महिनामा हुने आम निर्वाचनमा भाग लिन अनुमति दिएको छ ।

चुनावी दौडमा निकै चुनौतीका रूपमा हेरिएका ८१ वर्षीय जुमाको पक्षमा अदालतले फैसला सुनाएको छ । उनी अब नयाँ विपक्षी दल उमखोन्तो वी सिज्वे (एमके) को तर्फबाट राष्ट्रपतिको उम्मेदवार हुन सक्नेछन् ।

निर्वाचन आयोगले जुमालाई निर्वाचनमा सहभागी हुन नपाउने भनी दिएको निर्णयलाई अदालतले खारेज गरिदिएको छ । सन् १९९४ मा प्रजातन्त्र को आगमनपछिको सबैभन्दा प्रतिस्पर्धात्मक मतदान हुने अपेक्षा गरिएको दक्षिण अफ्रिकामा मे २९ मा आम निर्वाचन हुन लागेको हो ।

जुमाको पदका लागि खडा हुने क्षमता र उनको लोकप्रियताका आधारमा एमकेले पूर्व राष्ट्रपतिको एएनसीको मत प्रतिशतमा राम्रो कटौती गर्ने अपेक्षा गरिएको छ ।


प्रतिक्रिया