प्रतिपक्षीको अवरोधका कारण संसद बैठक स्थगित
प्रमुख खबर
काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेससहित विपक्षी दलको अवरोधका कारण प्रतिनिधिसभाको बैठकमा स्थगित भएको छ । प्रतिनिधिसभाको बैठकमा विशेष समयपछि कांग्रेस र राप्रपाका सांसदहरूले उठेर विरोध जनाएका थिए । त्यसपछि सभामुखले कार्यसूची अनुरुप बैठक अगाडि बढाउन सहयोग गर्न आग्रह गरेका थिए । सभामुखको आग्रह प्रतिपक्षी सांसदले नमानेपछि वैशाख २ गतेसम्मका लागि बैठक स्थगित गरेका हुन् ।
कांग्रेसले सहकारी प्रकरणमा मुछिएका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि छानबिनका लागि संसदीय छानबिन समितिको माग गर्दै आइरहेको छ ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
