`

रसिया र युक्रेनमा जाने नेपाली कामदारको श्रम स्वीकृति स्थगन 

Nepal One HD ३० चैत २०८० २२:५२
समाचार

काठमाडौँ । रसिया र युक्रेनमा वैदेशिक रोजगारीमा जाने कामदारका लागि श्रम स्वीकृति तत्काललाई स्थगन गरिने भएको छ ।

श्रम रोजगार तथा समाजिक सुरक्षा मन्त्रालयले रसिया र युक्रेनमा श्रम स्वीकृति, व्यक्तिगत तथा संस्थागत श्रम स्वीकृति दिने कार्य स्थगन गरेको जानकारी दिएको हो ।

शुक्रबार मन्त्रालयद्वारा जारी विज्ञप्तिमा युद्धरत यी दुई देशमा सेनामा सहभागी हुनसक्ने सम्भावना रहेको भन्दै अर्को व्यवस्था नभएसम्म श्रम स्वीकृति स्थगन गरेको उल्लेख छ ।

“रोजगारीका लागि जान चाहने नेपाली कामदारका लागि श्रम स्वीकृति प्रदान गर्दा सेनामा सहभागी हुनसक्ने सम्भावना रहेको र सोबाट सृजना हुन सक्ने मानवीय जोखिम समेतलाई दृष्टिगत गर्दै अर्को व्यवस्था नभएसम्म यी दुई देश जाने नेपाली कामदारका लागि श्रम स्वीकृति, व्यक्तिगत तथा संस्थागत श्रम स्वीकृति दिने कार्य स्थगन गरिएको छ”, विज्ञप्तिमा उल्लेख छ ।


प्रतिक्रिया