एमाले पर्वत अध्यक्षमा पहाडी
राजनीति
पर्वत, १ वैशाख : नेपाल कम्युनिष्ट पार्टी (एमाले) पर्वतको अध्यक्षमा गोविन्द पहाडी निर्वाचित हुनुभएको छ । पहाडीले निकटतम् प्रतिद्वन्द्धी पदमपाणि शर्मा भन्दा एक सय २१ मत बढी प्राप्त गर्नुभएको हो ।
पहाडीले दुई सय ४८ मत प्राप्त गर्नुभयो भने शर्माले एक सय २७ मत मात्र प्राप्त गर्नुभएको छ । त्यसैगरी, उपाध्यक्षमा विमल लामिछाने, सचिवमा सुवाचन्द्र पौडेल, उपसचिवमा चण्डीप्रसाद भुर्तेल र महिला उपसचिवमा विन्दु अधिकारी निर्वाचित हुनुभएको छ ।
सदस्यहरुमा अधिकांश पहाडी समूहका उम्मेदवार विजयी भएका छन् । पहाडीलाई कानुन, न्याय, तथा संसदीय मामिलामन्त्री पदम गिरीको समर्थन थियो । अन्य पदमा सर्वसम्मत भए पनि २७ पदमा निर्वाचन भएको थियो । सहमतिको प्रयास असफल भएपछि अन्ततः मतदान प्रक्रियामार्फत नेतृत्व चयन गरिएको हो ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
