सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा एकीकृत समाजवादीका दीर्घ सोडारी नियुक्त
राजनीति
सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेकपा एकीकृत समाजवादीका संसदीय दलका नेता दीर्घ सोडारी नियुक्त भएका छन् । बिहीबार प्रदेश प्रमुख नजिर मियाँले सोडारीलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्।
नेकपा एमाले, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र नागरिक उन्मुक्तिका सांसदको समर्थनमा सोडारीले मुख्यमन्त्रीमा दाबी पेश गरेका थिए । यसअघि आइतबार नागरिक उन्मुक्ति पार्टीका दुईजना सांसदको मुख्यमन्त्रीका लागि दाबी पेश भएको थियो ।
नागरिक उन्मुक्तिका लक्ष्मणकिशोर चौधरीलाई नेपाली कांग्रेस, एकीकृत समाजवादीको समर्थन रहेको थियो । त्यस्तै कैलाश चौधरीलाई माओवादी केन्द्र र एमालेको समर्थन थियो। नाउपा संसदीय दल विभाजित भएपछि प्रदेश प्रमुख नजिर मियाँले दुवै दाबी खारेज गर्दै संविधानको धारा १६८ (२) अनुसार मंगलबार पुनः सरकार गठनका लागि आह्वान गरेका थिए।

प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
