`

झापामा जीपसँग मोटरसाइकल ठोक्किँदा  तीन जनाको मृत्यु

Nepal One HD १२ वैशाख २०८१ ८:४०
समाचार

भद्रपुर ।  झापाको शिवसताक्षी–८ झिलझिलेमा आज बिहान भएको सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । 


पूर्वपश्चिम राजमार्गअन्तर्गत दमकबाट सुरुङ्गातर्फ जाँदै गरेको मे ३ प ५००१ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको प्र.१–०१–००१ च ९३२९ नम्बरको जीप एकआपसमा ठोक्किदा  मोटरसाइकलमा सवार तीनै जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता कृष्णकुमार चन्दले जानकारी दिए ।


उनीहरूको उपचारका क्रममा मृत्यु भएको हो । जीप चालकलाई इलाका प्रहरी कार्यालयले नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान थालेको छ ।  मृतकको सनाखत हुन बाँकी छ । 


प्रतिक्रिया