`

ललितपुरको आनन्द वनमा डढेलो निभाउने क्रममा एक जनाको मृत्यु

Nepal One HD १८ वैशाख २०८१ १५:२५
समाचार

काठमाडौं । ललितपुरमा डढेलो निभाउने क्रममा घाइते भएका एकजनाको उपचारका क्रममा मृत्यु भएको छ । मंगलबार आनन्द वनमा डढेलो निभाउने क्रममा घाइते भएका शंकर पहारीको मृत्यु भएको हो ।

जलेर गम्भीर घाइते भएका उनलाई कीर्तिपुर बर्न अस्पतालमा भर्ना गरिएको थियो । उपचारका क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी परिसर ललितपुरका प्रमुख एवं एसएसपी शेखर खनालले जानकारी दिएका छन् । डढेलो निभाउने क्रममा अरु दुई जना पनि घाइते भएका छन् ।

उनीहरुको उपचार भइरहेको छ । गोदावरीकै लेले क्षेत्रको आनन्द वनमा डढेलो लाग्दा आनन्द वन अस्पताल जोखिममा परेको छ । अस्पतालमा उपचाररत करिब ९० बिरामीलाई बज्रवाराही प्राथमिक स्वास्थ्य सेवा केन्द्र र अरू स्वास्थ्य चौकीहरूमा सारिएको गोदावरी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जनले जानकारी दिएका छन् ।


प्रतिक्रिया