`

इन्डोनेसिया प्रहरीको इन्टरनेशनल रिलेसन्स डिभिजन प्रमुख नेपालमा

Nepal One HD १९ वैशाख २०८१ १२:२२
समाचार

काठमाडौं । इन्डोनेसियन नेशनल प्रहरीका हेड अफ इन्टरनेशनल रिलेसन्स् डिभिजन प्रमुख आईजीपी कृष्ण मूर्ती ५ दिने भ्रमणका लागि नेपाल आएका छन्।

६ सदस्यीय टोलीको नेतृत्व गरी आएका आईजीपी कृष्ण मूर्ती समेतको टोलीलाई मंगलबार बेलुका प्रहरी नायव महानिरीक्षक जनक भट्टराई लगायतका प्रहरी अधिकृतहरूले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरे।

भ्रमणको क्रममा आईजीपी कृष्ण मूर्ति सहितको टोली नेपाल प्रहरी प्रधान कार्यालय, राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंज र नेपाल प्रहरी केन्द्रीय विशेष कार्यदल कपन लगायतका स्थानमा आयोजना हुने समारोहमा सहभागी हुने कार्यक्रम छ।

भ्रमण टोली नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालका तालिम केन्द्रहरूको अवलोकन र संयुक्त राष्ट्र संघको शान्ति मिसनसँग सम्बन्धित विषयमा केन्द्रित हुनेछ।


प्रतिक्रिया