`

गर्मी बढेपछि बुटवलका विद्यालय दुई दिन बन्द

Nepal One HD २० वैशाख २०८१ ९:०१
शिक्षा

बुटवल । गर्मी बढेपछि रुपन्देहीको बुटवल उपमहानगरपालिकाले नगर क्षेत्रका सबै विद्यालय २ दिन बन्द गर्ने निर्णय गरेको छ । प्रमुख प्रशासकीय अधिकृत मित्रमणि खनालले सूचना जारी गर्दै वैशाख २० र २१ गते नगर क्षेत्रका सबै विद्यालयमा बिदा दिने निर्णय भएको जानकारी दिएका हुन् ।

सूचनामा भनिएको छ, ‘केही दिनदेखि अत्यधिक गर्मी बढ्दै जानुका साथै तातो हावा चल्न थालेको कारण विद्यार्थीको स्वास्थ्यमासमेत गम्भीर असर पर्न सक्ने सम्भावना देखिएको हुँदा विद्यालयहरुले पाउने वार्षिक बिदाबाट कट्टी हुनेगरी वैशाख २० र २१ गते दुईदिन विद्यालयमा बिदा गर्नुहुन अनुरोध छ ।’


प्रतिक्रिया