जापानी विदेशमन्त्री आइतबार नेपालको औपचारिक भ्रमणमा आउने
राजनीति
काठमाडौं । जापानकी विदेशमन्त्री खामिखावा योको आइतबार नेपालको औपचारिक भ्रमणमा आउने भएकी छन् । उनी उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठको निमन्त्रणामा नेपालको भ्रमणमा आउन लागेकी परराष्ट्र मन्त्रालयले जनाएको शुक्रबार जनाएको छ ।
भ्रमणका क्रममा उनले राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग शिष्टाचार भेट गर्नेछिन् । उनले परराष्ट्रमन्त्री श्रेष्ठसँग द्विपक्षीय वार्ता गर्नेछन् । जापानी विदेशमन्त्री नेपाल आउन लागेको सन् २०१९ पछि पहिलो पटक हो । विदेशमन्त्री खामिखावा सोही दिन भ्रमण पुरा गरेर स्वदेश फर्किने मन्त्रालयले जनाएको छ ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
