`

सरकारमा पार्टीको सहभागितालाई निरन्तरता दिने एकीकृत समाजवादीको निष्कर्ष

Nepal One HD २५ वैशाख २०८१ २०:२७
प्रमुख खबर

काठमाडौं । नेकपा एकीकृत समाजवादी गठबन्धन सरकारबाट नबाहिरिने भएको छ । मंगलबार बसेको सचिवालय बैठकले सरकारका पार्टीको सहभागितालाई निरन्तरता दिने निष्कर्ष निकालेको हो ।

पार्टी प्रवक्ता जगन्नाथ खतिवडाले मुलुकमा विकसित राजनीतिक घटनाक्रमहरुलाई गहिरो विश्लेषण गर्दै सरकारमा पार्टीको सहभागितालाई निरन्तरता दिने निष्कर्ष बैठकले निकालेको जानकारी दिए ।

बैठकले सरकारको आगामी आर्थिक वर्षको नीति, कार्यक्रम र बजेट निर्माण प्रक्रियामा सहभागी हुन र संसदमा प्रभावकारी भुमिका खेल्न पनि पार्टीका सांसदहरुलाई निर्देशन दिएको छ । बैठकमा नेताहरुले पार्टी भित्रको एकतालाई अझ बलियो बनाउनुपर्नेमा पनि जोड दिएका थिए ।


प्रतिक्रिया