सन्दीपको मुद्दाको केहीबेरमा फैसला आउँदै

समाज

काठमाडौं । बलात्कार मुद्दामा काठमाडौं जिल्ला अदालतबाट दोषी ठहरिएका क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा उच्च अदालत पाटनमा बहस सकिएको छ । बहस सकिएसँगै केहीबेरमा फैसला आउने भएको छ ।
न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेती ढकालको संयुक्त इजलासले केही बेरमा फैसला सुनाउने तयारी गरेको हो । फैसलाअघि न्यायाधीशले सन्दीप र गौशाला– २६ छिरेको होटलको सीसीटीभी फुटेज हेरेका थिए । गत पुस १३ गते जिल्ला अदालत काठमाडौंले बलात्कार अभियोगमा दोषी ठहर गरी २५ पुसमा सन्दीपविरुद्ध ८ वर्ष जेल सजाय सुनाएको थियो । त्यसविरुद्ध सन्दीप पुनरावेदन गएका हुन् ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट