बाढीले गुल्मीमा पुल निर्माणका सामग्रीमा क्षति

समाज

गुल्मी । गुल्मीमा बुधबार रातिको वर्षापछिको बाढीलेल बर्बोट भनभने, पुर्कोट सडक खण्डमा काम गर्ने निर्माण व्यवसायीका सामग्री बगाएको छ ।
बाढीले सडक विस्तारका क्रममा प्रयोग भएका एसी कन्स्ट्रक्सनका दुईवटा टिपर, दुई वटा इस्काभेटर, जेसिबी लगायतका साधन भनभने जुरेढुङा नजिकैको पनाहा खोलामा आएको बाढीले क्षति बगाएर क्षति पुर्याएको हो । त्यस्तै बाढीले पुल निर्माणका सामानहरुमा समेत क्षति पुर्याएको छ ।
जिल्लाको धुर्कोट गाउँपालिका वडानम्बर–१ र वडानम्बर–४ जोड्ने पनाहा खोला ठुल्दी भन्ने ठाँउमा निर्माणाधीन पुलका सामानहरु बाढिले बगाएर क्षति पुर्याएको छ । प्रहरीले सामग्रीमा भएको क्षतिको बारेमा अध्ययन गरिरहेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक शंकर पोखरेलले जानकारी दिए ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट