धावनमार्ग मर्मतपछि त्रिभुवन विमानस्थल पुनः संचालन

समाज

काठमाडौं । धावनमार्गमा खाल्डो परेपछि एक घण्टाका लागि बन्द भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुनः सञ्चालनमा आएको छ । विमानस्थल कार्यालयका प्रवक्ता सुवास झाले खाल्डो परेको स्थानमा मर्मतपछि विमानस्थलको सेवा पुनः संचालन भएको जानकारी दिए ।
धावनमार्गमा खाल्डो देखिएको भन्दै यसअघि १ घण्टाका लागि विमानस्थल बन्द गरिए पनि अहिलेलाई समस्याको समाधान भएको उनले बताए ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट