`

हेटौँडामा बसको ठक्करबाट एक जनाको मृत्यु

Nepal One HD १२ जेठ २०८१ ९:३१
समाचार

मकवानपुर । मकवानपुरको हेटौँडा उपमहानगरपालिका-११ थानाभर्‍याङस्थित पूर्व-पश्चिम सडकखण्डमा गए राति बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।

सर्लाहीबाट काठमाडौँतर्फ जाँदै गरेको ना७ख १६७५ नंको बसले ठक्कर दिँदा अन्दाजी ४० वर्षीय पुरुषको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिइन् ।

उनका अनुसार मृतक पुरुषको हाल नाम थर वतन खुलेको र मृतक पुरुषको शव हेटौँडा अस्पतालमा राखिएको छ । उक्त घटनाबारे आवश्यक अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।


प्रतिक्रिया