`

भौतिक पूर्वाधार मन्त्री महासेठलाई बालेन साहको धुलो उपहार(भिडियोसहित)

Nepal One HD १२ जेठ २०८१ १८:३४
प्रमुख खबर

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठलाई धूलो उपहार पठाएका छन् । विगत १५ वर्षदेखि कलंकीदेखि महाराजगञ्जसम्म रिङरोड विस्तारको नाममा धेरै धूलो र कष्ट व्यहोर्नुपरेको भन्दै बालेनले भौतिक पूर्वाधारमन्त्री महासेठलाई एक ट्रक धूलो उपहार पठाएका हुन् ।

उनले शनिबार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय सडक विभाग सुपरिवेक्षण तथा अनुगमन कार्यालय अगाडि एक ट्रक धूलो खन्याएको भिडियो सामाजिक सञ्जालमा पोष्ट गरेका छन् ।


प्रतिक्रिया