`

इजरायलको तेल अवीवमा हमासद्वारा रकेट प्रहार

Nepal One HD १३ जेठ २०८१ २०:१५
विश्व

काठमाडौँ- हमासले इजरायलको तेल अवीवमा रकेट प्रहार गरेको जनाएको छ । विगत चार महिनामा हमासले इजरायलको एक भाग तेल अवीवमा रकेट प्रहार गरेको यो पहिलो पटक हो ।इजरायली सेनाले गाजाको रफाहबाट ८ वटा रकेट प्रहार गरिएको र तीमध्ये अधिकांशलाई खसालिएको बताएको छ ।

इजरायली सेनाले रफाहमा ठूलो सैन्य कारबाही गरिरहेको छ । इजरायलका प्रधानमन्त्री नेतन्याहुले रफाहमा ठूलो कारबाही नगरी हमासलाई हराउन नसकिने बताएका छन् ।

हमासको सैन्य शाखा, इज्जेदिन अल-कसाम ब्रिगेड्सले आफ्नो आधिकारिक टेलिग्राम च्यानलमा इजरायलमा ‘ठूला मिसाइलहरू’ आक्रमण गरेको बताएको छ ।

यसैबीच अमेरिकालगायत धेरै मानवीय संस्थाले रफाहमा भइरहेको सैन्य कारबाहीका कारण प्यालेस्टाइनीको ज्यान जोखिममा रहेको बताएका छन् ।

हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयका अनुसार अक्टोबर ७ यता इजरायली आक्रमणका कारण ३५ हजारभन्दा बढी प्यालेस्टाइनीको मृत्यु भएको छ ।


प्रतिक्रिया