`

अमेरिकाद्वारा क्रिकेटर सन्दीपलाई भिसा दिन फेरी पनि अस्वीकार

Nepal One HD १७ जेठ २०८१ १७:११
खेलकुद

काठमाडौ । नेपालका क्रिकेटर सन्दीप लामिछानेलाई भिसा दिन अमेरिकाले दोस्रो पटक पनि अस्वीकार गरेको छ ।
यसअघि जेठ ९ गते लामिछानेलाई अमेरिकाले भिसा दिन इनकार गरेको थियो । विहीबार अन्तरवार्ताका लागि पुनः अमेरिकी दुतावासले नै बोलाएको भएपनि भिसा दिन भने अस्वीकार गरेको हो । उनी विहीबार नै अमेरिकी दूतावास पुगेर भिसाका लागि अन्तरवार्तामा सहभागी भएका थिए । लामिछानेको भिसा रिजेक्ट भएसंगै उनले आईसीसी टी–२० विश्वकप खेल्ने संभावना टुंगिएको छ ।

नेपाली क्रिकेट समर्थकहरुले उनलाई भिसा दिनुपर्ने माग राख्दै सामाजिक सञ्जाल र सडकबाट प्रदर्शन गरी दबाब सिर्जना गरेका थिए । सरकारले समेत कुटनीतिक नोट पठाउँदै अमेरिकासँग भिसाका लागि अनुरोध गरेको थियो ।


प्रतिक्रिया