पपुवा न्यू गिनीमा पहिरोपछि रोगको जोखिम बढेको राष्ट्रसङ्घको चेतावनी


पोर्ट मोरेस्बी (पपुवान्यूगिनी)- पपुवा न्यू गिनीमा घातक पहिरोबाट बचेका व्यक्तिले रोगको प्रकोपको जोखिमको सामना गरिरहेको उल्लेख गर्दै पर्याप्त खाना र सफा खानेपानीको आपूर्ति नपाएको राष्ट्रसङ्घीय निकायले बिहीबार जनाएको छ ।
माटो, ठूला चट्टान र भग्नावशेषको थुप्रोमा पहाडी समुदाय गाडिएको छ दिनपछि राष्ट्रसङ्घको आप्रवासन निकायले पानीको स्रोतहरू दूषित भएको र रोगको जोखिम बढेको बताएको छ ।
यस क्षेत्रको धेरैजसो पानी पहिरोको स्थलबाट बग्छ । अहिले भग्नावशेषबाट बग्ने खाडलहरू दूषित भएकाले रोगको प्रकोपको जोखिम खडा गरेको संयुक्त राष्ट्रसङ्घको आप्रवासन निकायले मूल्याङ्न प्रतिवेदनमा साझेदारहरूलाई बताएको छ । पानीलाई पिउनका लागि सुरक्षित बनाउन प्रशोधन गर्ने कुनै विधिहरू प्रयोग नगरिएकाले मलेरियालगायतका रोगको चेतावनी दिँदै राष्ट्रसङ्घले उस्तो भनेको होे ।
गत हप्ताको धेरैजसो समयदेखि यम्बेली र लपाक वार्डका बासिन्दाहरूले पहिरोमा प्रिएका आफन्तहरूको खोजीमा अनगिन्ती टन माटो उत्खनन गर्दै आएका छन् । प्रत्यक्षदर्शीहरूले मृत शरीरको दुर्गन्ध अत्यधिक भएको बताएका छन् भने स्थानीय अधिकारीहरूले ६ देखि ११ जनाको शव फेला परेको बताएका छन् ।
साइटमा पानी शुद्धिकरण ट्याब्लेटहरू र जीवन बचाउने खाद्य आपूर्ति गर्न संयुक्त राष्ट्रको आप्रवासनका लागि अन्तर्राष्ट्रिय सङ्गठनले शीर्ष प्राथमिकताहरूका रूपमा सूचीबद्ध गरेको थियो । पहिरोले समुदायमा आउने र जाने मुख्य सडक पनि काटिएकोमा अझै सहज हुन सकेको छैन ।
भारी मेसिनरी आइपुगेपछि ९० हजार वर्ग मिटर नाप्ने विपद् क्षेत्र भए पनि काम गरेपछि मृतकको सङ्ख्या उल्लेखनीय रूपमा बढ्ने अनुमान गरिएको छ ।
एङ्गा प्रान्तीय प्रशासक स्यान्डिस साकाले “अस्थिर भूमि आवागमनको जोखिमका कारण त्यस्ता मेसिनरी, इन्जिनियर वा प्राविधिक प्रस्तावहरू प्राप्त गर्न सम्भव नभएको बताए ।
सहायता एजेन्सी तथा विदेशी दाताहरूले मृतक, घाइते र विस्थापितको सङ्ख्याको बारेमा अविश्वसनीय अनुमानहरूले अन्तर्राष्ट्रिय प्रतिक्रियालाई जटिल बनाएकोमा चिन्तित छन् । प्रभावित क्षेत्र र जनसङ्ख्याको बारेमा सही र समयमै जानकारीको अभावले प्रभावकारी योजना र मानवीय सहायताको वितरणमा बाधा पुर्याउने आइओएमले चेतावनी दियो ।
पपुवा न्यू गिनीका प्रधानमन्त्री जेम्स मारापेले मृतकको सङ्ख्या दुई हजार पुगेको अनुमान गरेका छन् । जसले यसलाई हालैको स्मृतिमा सबैभन्दा घातक पहिरोहरु मध्ये एक बनाउने उनको भनाई छ । तर स्याटेलाइट विशेषज्ञ, विपद् राहत व्यवसायी, स्थानीय अधिकारी र कूटनीतिज्ञले यो सङ्ख्या बढेको बताएका छन् ।
पहिरोको लागि, यो सबैले सहरमा देख्ने जीवनको क्षति भएको विशेषज्ञ र हल विश्वविद्यालयका उपकुलपति डेभिड पेटलीले बताए । पूर्व–असफलताहरूले त्यहाँ मानिसहरूको एकाग्रता थियो भन्ने विचारलाई समर्थन नगर्ने उनले बताए । एङ्गा प्रान्तीय प्रशासक साकाले बिहीबार मृतकको सङ्ख्या सयौँ मा रहेको बताए ।
उनले आघातबाट बचेका व्यक्तिहरूले अझै बेपत्ता भएका प्रियजनहरूको बारेमा भरपर्दो जानकारी प्रदान गर्न असमर्थ भएको बताए । प्रतिक्रिया टोलीहरूले जानकारी सङ्लन गर्न थालेका छन् । जो त्यहाँ थिए र प्रभावित व्यक्तिहरूको सङ्ख्य प्रारम्भिक तथ्याङ्कहरू शुक्रबार ढिलो पुष्टि हुने अनुमान गरेको साकाले बताए ।केही प्रमुख टोलीहरू अझै पनि विपद् क्षेत्रमा पुग्न सङ्घर्ष गरिरहेको समयमा उनले पपुवा न्यू गिनीका प्रतिक्रिया कार्यकर्ताहरूले यस्तो बताएका हुन ।