`

ललितपुरमा मोटरसाइकल र स्कुटर ठोक्किँदा दुई जनाको मृत्यु

Nepal One HD १९ जेठ २०८१ ११:१६
प्रमुख खबर

काठमाडौं । ललितपुरमा मोटरसाइकल र स्कुटर ठोक्किँदा दुई युवकको मृत्यु भएको छ । गएराति मोटरसाइकल र स्कुटर ठोक्किएर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको हो ।

जिल्ला प्रहरी परिसर ललितपुरका प्रवक्ता एसपी नरेशराज सुवेदीका अनुसार गएराति ललितपुरको महालक्ष्मी नगरपालिकास्थित टेम्पो पार्कमा बा ८३ प ५२६७ नम्बरको मोटरसाइकल र बा ५६ प ५०६५ नम्बरको स्कुटर आपसमा ठोकिएका हुन् ।

दुर्घटनामा स्कुटर चालक काठमाडौँ साँखु घर भई डल्लु बस्ने २१ वर्षीय आयुष श्रेष्ठ र मोटरसाइकल चालक खोटाङ साकेला घर भई ललितपुरको लुभु बस्ने २६ वर्षीय लकेश राईको मृत्यु भएको हो ।

गम्भीर घाइते भएका आयुषको उपचारका क्रममा किस्ट अस्पतालमा आज बिहान र लकेशको बीएन्डबी अस्पतालमा बिहान ६ः२५ बजे मृत्यु भएको हो । दुर्घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


प्रतिक्रिया