`

एनभिए भलिबलमा सुदूरपश्चिमलाई हराउँदै पुलिसको जित

Nepal One HD १९ जेठ २०८१ १४:२०
खेलकुद

काठमाडौं । आठौँ प्रधानमन्त्री कप एनभिए महिला तथा पुरुष भलिबल लिगमा विभागीय टिम नेपाल पुलिस क्लबले सहज जित निकालेको छ । शनिबार त्रिपुरेश्वरस्थित राखेपको कभर्ड हलमा भएको खेलमा विभागीय टिम पुलिसले सुदूरपश्चिम स्पोर्ट्स क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै लिगमा विजयी सुरुवात गरेको हो ।

सुदूरपश्चिममाथि जित निकाल्ने क्रममा पुलिसले पहिलो सेट २५–२० ले जितेको थियो । यस्तै, पुलिसले दोस्रो सेट २५–१५ र तेस्रो सेट २५–१६ ले जितेको हो । यसअघि लिगको पहिलो खेलमा हेल्प नेपालले बूढानीलकण्ठ भलिबल क्लबलाई पराजित गरेको थियो ।

हेल्प नेपालले बूढानीलकण्ठ भलिबल क्लबलाई ३–१ को सेटमा पराजित गरेको हो । हेल्प नेपालले पहिलो सेट २५–२० र दोस्रो सेट २५–१२ को जित निकालेको थियो । तर, तेस्रो सेट भने हेल्प नेपाल २७–२९ ले गुमाउन पुग्यो । चौथो सेटमा बूढानीलकण्ठमाथि हेल्प नेपालले २५–२२ को जित निकालेको थियो ।


प्रतिक्रिया